तपाईँ सुन्दै हुनुहुन्छः

दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किदा कैलालीमा एक जनाको मृत्यु

टीकापुर कैलाली – दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा आज बिहान २ ओटा मोटरसाईकल एक आपसमा ठोक्किदा सोही ठाउका ५० वर्षीय देवीराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको अनटेष्ट मोटरसाईकल र विपरीत दिशाबाट आईरहेको से ७ प ८७५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा आर्चायको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाईकल चालक ४६ वर्षीय इन्द्र आचार्य घाईते भएका छन् ।

अर्का चालक घोडाघाडी नगरपालिका ८ का २३ वर्षीया लोकेन्द्र गुरुङलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button