तपाईँ सुन्दै हुनुहुन्छः

बरामद गरिएको पटाका नष्ट

टीकापुर, कैलाली – कैलालीको सत्ति प्रहरी चौकीले बरामद गरेको पटाका नष्ट गरिएको छ । बिहिबार बरामत गरिएको तिनलाख, ७९ हजार बराबरको पटाका आज नष्ट गरिएको प्रहरी चौकी सत्तिले जानकारी दिएको छ ।

प्रहरी चौकी सत्तिले बहिबार बिहान कैलालीबाट बर्दिया लैजादै गरेको अवस्थामा हुलाकी राजमार्ग अन्तर्गत पर्ने कर्णाली पुल नजिकबाट उक्त पटाका बरामद गरेको थियो ।

पटाका ल्याएको सूचनाका आधारमा पछ्यादै जाँदा पटाका ल्याउने मान्छे पटाका छोडेर भागेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button