तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका विभिन्न बजार अनुगमन

कञ्चनपुर ।  कञ्चनपुरका विभिन्न बजार क्षेत्रमा चाडपर्व लक्षित गरी संयुक्त अनुगमन गर्ने क्रम जारी रहेको छ । स्थानीय प्रशासन सहितको अनुगमन टोलीले बुधबार बेलौरी बजार र गोकुलपुर बजारमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार बैद्यले जानकारी दिनुभयो । अनुगमनका क्रममा केही किराना पसल, होटेल, क्लिनिक, एग्रोभेट तथा फलफूल पसलहरुबाट म्याद नाघेका अखाद्य बस्तु तथा औषधी बरामद गरिएको बताइएको छ ।

अधिकांश पसलहरुमा मूल्य सूची नराखेको भेटिएको छ भने केही पसलहरु दर्ता बिनै सञ्चालन गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ । टोलीले बरामद गरेका सामग्रीहरुकोे मुचुल्का उठाएर लगेको छ भने सम्बन्धित पक्षलाई म्याद नाघेका सामग्री बिक्री नगर्न र समयमा दर्ता र नवीकरण गरी कानुन सम्मत व्यवसाय गर्न सुझाव दिइएको छ । बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, नगरपालिका, कृषि विकास शाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकारहरुको पनि प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button