तपाईँ सुन्दै हुनुहुन्छः

अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार अजरबैजान जानुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले यहि कात्तिक ९ गते नाम शिखर सम्मेलनअन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई असंलग्न आन्दोलनका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका क्रममा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज बाकुमा नामको मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ । त्यस क्रममा मन्त्री ज्ञवालीले नाममा सहभागि राष्ट्रहरुले दिगो विकास लक्ष प्राप्तिका लागि सामूहिक प्रयास जारी रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपाल आर्थिक समृद्धि र दिगो विकासको मार्गमा अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button