तपाईँ सुन्दै हुनुहुन्छः

रेल र पानीजहाजको सपना पुरा हुन्छ– मन्त्री बाँस्कोटा

   

दोलखा । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले देखेको रेल र पानीजहाजको सपना पुरा गरेरै छाड्ने बताउनु भएको छ । अहिलेको मुद्दा विकास र समृद्धिको रहेको र त्यसको लागि कनेक्टीभिटी आवश्यक हुने उल्लेख गर्नुहुदै मन्त्री बाँस्कोटाले वर्तमान सरकारले हिमाल छेडेर रेल ल्याउने र समुन्द्रमा नेपालको झण्डा फहराउने कुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भैरहेको रेडियो शैलुङ सामुदायीक एफएमको १२ औ बार्षिक उत्सव तथा शैलुङ सञ्चार सहकारीको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदै मन्त्री बाँस्कोटाले सरकारले पाँच बर्षको अवधिमा आफुले प्रतिवद्धता गरेको काम पुरा गर्ने चर्चा गर्नुहुदै त्यसो हुन नसके जनतासंग कान समातेर माफि माग्न समेत तयार रहेको बताउनु भयो ।

सरकार गठन भएको २० महिनामा केहि भएन भनेर प्रतिपक्षले आलोचना गर्नु नसुहाउने विषय भएको उल्लेख गर्नुहुदै उहाँले नेपाली कांग्रेसले २० बर्षमा के ग¥यो भनि प्रश्न समेत गर्नु भएको छ । मन्त्री बाँस्कोटाले नेकपाको घोषणापत्रमा पुर्ण नागरिक स्वतन्त्रताको लागि एकतावद्ध भन्ने उल्लेख रहेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुहुदै कांग्रेसले नेकपालाई लोकतन्त्रको प्रमाणपत्र दिने कोसिश गर्न नहुने बताउनु भयो । मन्त्री बाँस्कोटाले लोकतन्त्रको गित गाएर कांग्रेसले गुमेको सिट फिर्ता गर्न नसक्ने समेत बताउनु भयो ।

सुचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजनीतिमा अपराधिकरण स्वीकार्य नहुने बताउनु भयो । जिउदै मान्छे मार्ने आलमहरुलाई सरकारले नछोड्ने मन्त्री बाँस्कोटाले बताउनु भयो । विगतमा कांग्रेसको सरकारले अपराधिलाई संरक्षण दिएको मन्त्री बाँस्कोटाको आरोप छ ।

 

रेडियो सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ठ काम गर्ने रेडियोको व्यवस्थापक रविता कार्की महतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संघिय सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, रचना खड्का, पूर्व राज्यमन्त्री देवी खड्का, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय अध्यक्ष सुवास खतिवडा, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, शैलुङ गाँउपालिकाका प्रमुख भरत दुलाल, नेकपा दोलखाका सचिव गोपाल पाण्डे, नेपाली कांग्रेसका महासमिति सदस्य केशव चौलागाई, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, होम पाठक, जिवसराज खड्का, शरद सापकोटा, विनिता शिवाकटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button