तपाईँ सुन्दै हुनुहुन्छः

आहा ! कति सुन्दर तिलिचो ताल

काठमाडौं । मनाङको तिलिचो ताल कुनै समय संसारकै सबैभन्दा अग्लो स्थानमा अवस्थित तालको कीर्तिमान राखेको थियो । हिमालको फेदमा रहेको तिलिचो ताल आफैंमा निकै सुन्दर छ । एकपटक त्यहाँ पुग्ने जोसुकैले निकै आनन्दको महसुस गर्नेछन् ।

तिलिचो तालमा पुग्नका लागि त्यति सहज भने छैन । लमजुङको बेशिसहरबाट कच्ची बाटोको यात्रा गर्दा बाटोमा निकै अप्ठ्यारा र डरलाग्दा मोडहरु आउँछन् । तिलिचो जाने सबैभन्दा राम्रो मौसम भनेको असोजदेखि मंसीर मसान्तसम्म र चैत्रदेखि जेठको अन्त्यसम्म मात्र हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button