तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर टाइटन्सको विजयी शुरुवात

अजय बम । ओपनर तथा विकेटकीपर ज्योती पाण्डेले अर्ध शतक प्रहार गरेसँगै वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ ।

विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गदै डब्लूसिएलमा सुखद सुरुवात गरेको हो । १ सय २३ रनको विजयी लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

विराटनगरको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ६५ रनको योगदान दिइन् । त्यस अघि बिहीबार दोस्रो खेलमा टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन जोडेको थियोे ।

विहीबार नै भएको पहिलो खेलमा क्याट क्विन्सले पहिलो जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । प्रतियोगितामा क्याट क्विन्सले दुई खेलमा दुई अंक बनाएको छ ।

विराटनगरले शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ । त्यस्तै ललितपुरले शुक्रबार नै चितवन राइनोजको सामना गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button