तपाईँ सुन्दै हुनुहुन्छः

मादक पदार्थ सेवन गरी सवारी चलाउने पाँचजना चालक पक्राउ

बारा – मादक पदार्थ सेवन गरी सवारी चलाउने पाँचजना चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ । यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीका चालकहरुले मादक पदार्थ सेवन गर्दा हुनसक्ने दूर्घटना तथा क्षती न्युनीकरणका लागि गरिएको चेकजाँच अन्तर्गत पाँचजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बीरगञ्ज–काकडभिट्टा रुटमा चल्ने ना ७ ख ४८८५ नम्बरको रात्री बसका चालक वीरगञ्ज महानगरपालिका ९ गण्डकका जयराम साह तेली, वीरगञ्ज–बेनी रुटमा चल्ने ना ७ ख २५७२ नम्बरको रात्री बसका चालक वीरगञ्ज महानगरपालिका १० का पृथ्वीराज गिरी, ना १ ज २७१६ नम्बरको म्याजिक भ्यानका चालक हेटौंडा बस्तिपुरका किसोर स्याङतान, ना ५ ख ५६६७ नम्बरको ट्रकका चालक बारा निजगढका पुष्कल रोक्का र एच.आर. ३८९०३३८ नम्बरको भारतिय ग्याँस बुलेटका चालक भारत बिहारका विनोद दुबे रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बीरगञ्ज–पथलैया, पथलैया–हेटौंडा तथा पूर्व पस्चिम महेन्द्र राजमार्ग सहित विभिन्न ग्रामीण सडकमासमेत मापसे चेकजाँचलाई कडा बनाएको छ । पक्राउ परेका माथि कानुनी कारवाही अघि बढाईएको छ । एकसाता यता पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी सार्वजनिक स्थानमा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाईएको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button