तपाईँ सुन्दै हुनुहुन्छः

टिकट बिक्रीबाट आएको रकम बर्थिक सेन्टरलाई

चन्द्रौटा/ कपिलवस्तु – कपिलवस्तु जिल्लामा रहेको व्यापार संघ कपिलवस्तुले पाँचौ व्यापार महत्वसमा टिकट बिक्रीबाट आएको रकमले शिवराज नगरपालिका भित्र संचालनमा रहेका वर्थिङ्ग सेन्टरलाई रु. ५०४१५ रुपैया हस्तान्तरण गरेको छ ।

व्यापार सघं कपिलवस्तुले प्रत्येक वर्ष लगाउने औधोगिक मेलाबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको व्यापार संघका कोषाध्यक्ष दिपक पौडेलले बताए ।

व्यापार संघ कपिलवस्तुले एक कार्यव्रmमको आयोजना गरि उक्त रकम शिवराज नगरपालिका मार्फत शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर क्षेत्रीलाई चेक मार्फत रकम हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा  बोल्दै शिवराज नगरपालिका प्रशासकिय प्रमुख हरि प्रसाद अर्यालले व्यापार संघ कपिलवस्तुले यस क्षेत्रमा गरेको सामाजिक कामको खुलेर प्रशंसा गरेका थिए ।

कार्यव्रmममा प्रमुख अतिथि शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले नगरपालिकाले शुन्य डेलिभरीको निति अवलम्बन गरेको छ । उनले बर्थिङ्ग सेन्टर गरिएको सहयोग प्रति व्यापार संघ परिवारलाई बधाई ज्ञापन गरिन् ।

कार्यव्रmमका अध्यक्ष महादेव पोखरेलले आफुहरुले गत वर्ष मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको पाँचो चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको वाचा पुरा गरेको बताए । कार्यक्रममा पोखरेलले महोत्सवमा ५०४१५ टिकट बिक्री गरिएको र प्रत्येक टिकट रु १ रुपैया बर्थिङ्ग सेन्टरलाई दिने निर्णय अनुसार सहयोग हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button