तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसबाट निर्बाचित सांसद अफताब आलम पक्राउ


रौतहट । नेपाली काँग्रेसबाट रौतहट क्षेत्र नंं. २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पहिलो संविधानसभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते राति राजपुरफरहदवास्थित आप्mनै गोठमा बम बनाउने क्रममा भएको बिस्फोटको घटनाको अनुसन्धान गर्न प्रहरीले प्रतिनिधि सभा सदस्य आलम लाई पक्राउ गरेको हो ।

उनी पुर्ब श्रम तथा यातायात ब्यवस्था मन्त्रीसमेत भैसकेको हुन् । बम विस्फोट हुदाँ तीन जना भन्दा बढिको मृत्यु भएको र उनीहरुलाई नजिकैको ईट्टाभट्टामा जलाएको आरोप प्रतिनिधि सभा सदस्य आलम माथि रहेको छ ।

गौर जाँदै गर्दा उनलाई राजपुर गेट नजिकबाट पक्राउ गरेको जनाइएको छ । प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले अनुसन्धानको लागि प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलम लाई नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button