२०७८ साल साउन १६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको गुणादीमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु (तस्बिर सहित)

किरण श्रेष्ठ २०७६ असोज २६ गते ९:४४

 

तनहुँ । तनहुँको गुणादीमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चालकको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । बलेरो चालक नवलपरासी सरावल गाउँपालिका(१ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासीबाट पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बलेरो र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

सानो घुम्तीमा तिव्र गतिमा आएको दुईवटै सवारी ठोक्किदा उक्त दुर्घटना भएको डिएसपी लामिछाने बताउनुहुन्छ । उक्त दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पुर्ण क्षती पुगेको छ ।

बस चालक र बस प्रहरी नियन्त्रण रहेको छ । अहिले राजमार्ग पुर्ण रुपमा सुचारु भईसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित