तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सी र अध्यक्ष तिमिल्सिनाबीच शिष्टचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टचार भेटवार्ता गर्नुभएको छ।

काठमाडौंको सोल्टी होटलमा शनिबार साँझ भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमण गर्नुभएकोमा नेपाली जनता खुसी भएको र भ्रमणका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धीको यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। ” नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका बिरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौं ।” भेटका क्रममा उहाँले भन्नुभयो। त्यसैगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो। नेपालको संसदको तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,राष्ट्रपति सीले भन्नुभयो।

यसैबीच अध्यक्ष तिमिल्सिना राष्ट्रपति सीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button