तपाईँ सुन्दै हुनुहुन्छः

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु

पाँचथर । बिरामी सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको मृत्यु भएको छ भने दुईजना सिकिस्त बिरामी परेका छन् ।

मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय वुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु रहेका पाँचथर प्रहरीले जनाएको छ ।

यस्तै मासु खाएर बिरामी परेका अन्य दूईको अवस्था पनि गम्भीर रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button