तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङबाट बच्न अत्याधुनिक प्रविधि स्थापना

मेलम्ची – चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा चट्याङबाट बच्न अत्याधुनिक प्रविधि स्थापना गरिएको छ । इकोको आर्थिक, यु.एन.डि.पीको प्राविधिक सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत वडा स्तरीय विपद व्यवस्थापन समितिको समन्वयमा निर्माण गरिएको हो ।

प्रविधिले जिल्लामै चट्याङको उच्च जोखिममा रहेको इर्खुका बासिन्दा चट्याङको जोखिमबाट मुक्त हुने भएका छन् । २०७३ मा चट्याङका कारण २ जनाको मृत्यु र ३ जना घाइतेसमेत बनाएको र वर्षेनी चट्याङका कारण गाई वस्तु घर रुख विरुवा, ट्रान्सर्फमरलगायतको क्षति भईरहेकोले वडा स्तरीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार इर्खु बजारमा यस्तो प्रविधि राखिएको हो । इर्खुमा स्थापना गरिएपछि सिन्धुपाल्चोकमा पहिलो पटक अत्याधुनिक प्रविधि जडित चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ ।

उक्त अत्याधुनिक प्रविधि जडित चट्याङ प्रतिरोधि प्रविधिवाट इर्खु बजार लगायत वरिपरी हावाको रेञ्जमा दुई सय १४ मिटर आसपास क्षेत्रमा कुनै किसिमको चट्याङ परेमा प्रविधिका कारण सिधै त्यो राउटरले सिधै १० फिट गहिरो चार मिटर लम्बाई चौडाई को रसायनिक जडित केमिकलत्यो चट्याङको शक्तिसिधै जमिन मुनी लैजाने छ । दुई सय १४ मिटर वरीपरी मा दुई सय ७० घरपरिवारका ६ सय १० पूरुष र ७ सय ४० महिला, स्वास्थ्यचौकी, विद्यालय, प्रहरीचौकी, वडा कार्यलय, सरकारी भवन, सामुदायिक भवनलगायत सम्पूर्ण बस्ती समुदाय सुरक्षित भएको जनहितका विपद व्यवस्थापन संयोजक चिरञ्जीवी कटेलले वताउनुभयो।

सो प्रविधिलाई जडान गर्ने कम्पनीद्धारा ५ वर्ष सम्म प्रत्यक वर्ष परिक्षण गरि दिने समझदारी भएको छ । सो प्रविधि जडानको लागि वडामा रहेको घुम्ती कोष समिति वाट नगद २ लाख ४९ हजार र वडा,जनहितको श्रमदान लगायत सहयोगमा अत्याधुनिक चट्याङ प्रतिरोधि प्रविधि द्धारा इर्खुमा २७० घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष तिर्थ वहादुर श्रेष्ठले वताए । यु.एन.डि.पी का कार्यक्रम अधिकृत द्रोण उप्रेतीका अनुशार जिल्लामै यो प्रविधि पहिलो भएकाले अन्य स्थानमा समेत यो प्रविधि जडान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button