तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा चौथो घोडा दौड प्रतियोगिताको आयोजना

जुम्ला । दशैको फुलपातिको दिन शनिवार आज जुम्ला सदरमुकाम खलंगामा रहेको राजा सिममा घोडा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।

करिब २२ वर्षपछि जुम्लामा चौथो घोडा दौड प्रतियोगिता गरिएको हो । कर्णाली स्र्पोट क्लबले विगत तीनवर्ष देखि घोडा दौड गर्दै आएको छ ।

जुम्लाको परम्परागत संस्कृति संरक्षणका लागि दशकौ पछि घोडा दौडको आयोजना गरिएको हो । परम्परा देखि जुम्लामा हुदै आएको घोडा दौड विगतका केहि वर्षमा रोकिएको थियो ।

२०५४ सालमा सालमा जुम्ला विमानस्थल कालोपत्रे भएदेखि हुन छाडेको घोडा दौड करिब २२ वर्षपछि पुन भएको कर्णाली स्र्पोट क्लबका अध्यक्ष सरोज शाहिले बताउनुभयो ।

हरेक वर्ष फूलपातिको दिन जुम्ला एयरपोटको धावनर्मागमा घोडा दौड हुन्थ्यो । तर धावनमार्ग कालोपत्रे भएपछि घोडा दैड हराउँदै गएको थियो ।

यसपालीको घोडा दौडमा करिब ३७ घोडाको सहभागिता रहेको थियो । जसमा तीन विद्यामा प्रतियोगिता गराइएको थियो ।

जसमा प्रथम गुठिचौर गाउँपालिका का प्रयाक ऐडि, दितृतिय चन्दननाथ नगरपालिकाका कालिका बुढ्थापा र तृतिय एकराज थापाका घोडा भएका छन् ।

प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने घोडालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगर पुस्कार दिएको क्लबका अध्यक्ष सरोज शाहिले बताउनुभयो ।

उहाँका अनुसार प्रमाण पत्र मेडल लगायत सबै सहभागी घोडालाई पनि पुरुस्कृत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button