तपाईँ सुन्दै हुनुहुन्छः

आईसीसीद्वारा क्यानको विशेष चुनावी साधारणसभालाई स्वागत

अजय बम । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारणसभालाई स्वागत गरेको छ ।

आईसीसीको रोडम्याप अनुसार भएको केन्द्रीय निर्वाचनबाट अहिले नयाँ नेतृत्व चयन भएको छ । क्यानको नयाँ कार्यसमितिमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको थियो ।

आईसीसीले आज विज्ञप्ति जारी गर्दै हालै भएको निर्वाचनको स्वागत गरेको हो । चुनावी साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा आईसीसीले खुसी पनि व्यक्ति गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले सबैको साथ र सहयोगले नेपाली क्रिकेट एकजुट भएको उल्लेख गर्नुभएको छ ।

ऐतिहासिक क्षणका लागि नेपाल सरकार, क्यान, राखेप सबैलाई धन्यवाद दिँदै पछिल्लो तीन वर्षमा नेपाली क्रिकेट टिमले ठूलो उपलब्धि हासिल गरेकोमा उपाध्यक्ष ख्वाजालले प्रशंसा गर्नुभएको छ ।

नव निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी दिनमा राम्रो काम गर्ने आशा गर्दै उपाध्यक्ष ख्वाजाले यसैम हिना दुबईमा हुने आईसीसी बोर्ड बैठकले नेपाली क्रिकेटको विषयमा विचार गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button