तपाईँ सुन्दै हुनुहुन्छः

बढी शुल्क लिएको भए तत्काल फिर्ता गर्न आग्रह

केशव ढुंगाना । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले निजी मेडिकल कलेजहरूलाई सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भए तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काठमाडौमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थी बाट लिएको अतिरिक्त शुल्क फिर्ता गरी चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षाको सुधारका लागि ऐन कार्यान्वयन गर्न अनिवार्य भएको हुनाले यसका लागि सरोकारवाला सम्पूर्ण पक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले ऐन कार्यान्वयनका लागि सरकारले नियमावलीको निर्माण, चिकित्सा शिक्षा आगोगको गठन लगायतका काम गरिरहेको र आगामी शैक्षिक सत्रदेखि सबै विश्वविद्यालयका लागि एउटै प्रवेश परीक्षा लिने व्यवस्था समेत लागु हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button