तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख महराद्वारा पदबाट राजीनामा (विज्ञप्तिसहित)

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ   । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो ।

राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।

https://www.facebook.com/bishnu.jugal/videos/1379755165533676/

महराकै सचिवालयमा कार्यरत एकजना नर्स महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button