तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुदाँ बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नम्वर ३ मा आज दिउँसो प्रदेश–३–२–००–११८५ नम्बरको मोटरसाइकल सडकको छेउँमा रहेको बिद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार खजुरा गाउँपालिका वडा नम्बर ४ का २४ बर्षिय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर ओलीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक खजुरा गाउँपालिका वडा नम्बर ४ का २३ बर्षिय आशिष थापाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button