तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु, ३६ घाइते   

नान्जिङ, चीन – चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।  यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस-सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button