२०७९ साल असार १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मार्सीधान संरक्षणमा विज्ञको चासो

सागर परियार २०७६ असोज ११ गते १५:५३

जुम्ला – जुम्लामा यतिबेला मार्सी धानका बाला गाउँ पिच्छेको ज्युलामा झुलेको छन् । कालीमार्सी धानका बाला लहलही झुलिरहँदा सबै मन झट् तान्छ । पहिलो जुम्लामा मार्सी उत्पादन भएको तातोपानीको लाछु जिउलोदेखि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने छुमचौरमा धानका माला जुलेका छन् ।

मार्सी धानको महत्व बचाई राख्न, धानको उत्पादन बृद्वि र संरक्षणका लागि यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञटोलीले विशेष चासो दिदै अनुसन्धान गर्न जुम्ला पुगेको हो । जुम्लामा उत्पादन हुने रैथाने बाली उत्पादन तथा संरक्षण गर्ने उद्देश्यले विज्ञको टोली यति बेलाको समयमा जुम्ला पुगेको हो । पछिल्लो समयमा जुम्लामा रैथाने बाली उत्पादनको केन्द्र हो भन्ने शब्द सबैको मुख–मुखमा झुन्डिएको शब्द हो । तर परापूर्वकालदेखि उत्पादन हुँदै आएको रैथाने बाली बिकासे बालीको प्रभावले गर्दा लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ ।

जलवायु परिवर्तन कारण स्थानिय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा बृद्धि ल्याउने लक्ष्यका साथ लिबोर्ड जुम्लाले स्थानिय धान बाली र सिमी बालीको संरक्षण गर्दै आएको छ । जुम्लामा बिगत्त एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी बिभिन्न ठाउँमा बीउ बैंकको रूपमा काम गर्दै आएको छ । जैबिक बिबिधता अनुसन्धान तथा बिकासको स्थानीय पहल लिबोर्डले कृषिका क्षेत्रमा गर्दै आएको कार्य प्रगतिका बारेमा इथुपिया, इटली पोखरी लमजुङको विज्ञ टाली जुम्लामा पुगेर बिहीबार अनुगमान तथा अनुसन्धान गरेको हो ।

जिन बैंक नेपालका डाक्टर कृष्णहरि घिमिरेले भने, जिन बैंककले स्थानीय बाली संरक्षण गरी कृषिका क्षेत्रमा लागेका किसानलाई प्रत्यक्ष लाभाम्बित हुँदै आएका छन्ु उनले भने, किसानसँगै खेतमा गएर प्रयोगात्मक तरिकाले स्थानीय बाली उत्पादन गरी बीउ बैंक समूहले उत्पादन सुरु गरेको छ ।


लिबोर्डलेको सहयोगमा संञ्चालन भएको धौलीगाड जैबिक विविधता सामुदायिक बीउ बैंक समूहले स्थानीय उत्पादनमार्फत कोसेली घर निर्माण गरेको छ । जुम्ली मार्र्सी धान, विज्ञटोलीको रोजाइमा धौलीगाड जैविक विविधता सामुदायिक बीउ बैंक समूहले स्थानीय बाली उत्पादन गर्दै आएको छ ।

उक्त समहूले १२ वटा प्लटमा ३५ जातका स्थानीय धान खेती गरेको छ । ३५ जात मध्ये जुम्लामा पाइने कालीमार्सी धान अनुसन्धान कर्ताको रोजाइमा परेको छ । जुम्लाको चर्चित मानिएको काली मार्सी धान खाना स्वादिलो र दाना पनि पोटिलो हुने हुँदा अनुसन्धान गर्न आएको स्वदेशी तथा विदेशीको रोजाइमा परेको धौलीगाड जैबिक बिबिधता सामुदायिक बीउ बैंक समूह अगुवा कृषक तिलकप्रसाद रावतले बताए ।

१२ वटा पलडमा ३५ जातका धान खेती गरेका छौं। जुन राम्रो हुन्छ। त्यसलाई बीउको रूपमा राख्ने गर्दैछौं उनले थपे जुम्लाकै स्थानीय धानबाट नयाँ धान उत्पादन भएको छ। जसको नाम ८३ धान राखिएको छ । धानको नाममै रूमलिएको अनुसन्धान लिबोर्डले संञ्चालन गरेको कार्य प्रगति हेर्दै आएका विज्ञ धानका नाम चिन्दै रूमलिएका छन् ।

उनीहरू लहलह झुलिरहेका धानका बाला र जुम्लाको प्रकृति सँगै रमलिएको हुन् । धान खेती गरेको प्रत्येक प्लटमा धानका जातको नाम राखिएका थिए । जसमा जुम्ली मार्सी, चन्दननाथ तीन, तिरासी, चुरेना, पाखोधान, चुरेना क्रस, खच्चे लेखाली, काली, चुरेना क्रस लाडामाटेलगायतका ३५ प्रकारका नाममै राखिएका छन् ।

फरक ठाउँमा फरक धानखेती गरिएको छ, भने अनुसन्धानकै लागि एक ठाउँमा सबैसँगै धान खेती पनि गरइएकोे छ । ६५ प्रतिशत जनसंख्या कृषिमा छ । पुरुष भन्दा पनि महिलाको संख्या धेरै छ। बिडम्बना केछ भने किसानले श्रमअनुसारको मूल्य पाउँदैनन्। कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई कृषिमा आत्मा निर्भर बनाउनको लागि अनुदान लगायतका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

किसनालाई प्रोत्साहन दिने ब्यवस्था गरे सँगै जुम्लाी किसान कृषिमा लागि परेका छन् । जुम्लाको अर्गानिक स्याउ सिमी फापर चिनो, कोदोलगायतका बाली उत्पादन गर्न किसान लागेका छन्। तर किसानको एक मात्रै चिन्ता छ ुसरकारले उत्पादन गर्न लगाउँछ बजारीकरण गर्दैन । हामीले उत्पादन गरेको स्याउ बहिरी बजारमा २५० मा बिक्री भएको छ । जुम्ला २० रुपैयाँ केजी छु किसान तिलकप्रसाद रावतले भने, ुहामीले जीविकोपार्जन कसरी गर्ने अब ?

किसान रावतले भने, कृषि विज्ञ टोलीले उत्पादन गर्न सिकाउनु भन्दा पहिलो बजारीकरणको ब्यवस्था गरोस्। अनि मात्र हाम्रो दैनिकी गुजारा हुन्छ। लिबोर्डले संञ्चालन गरेको उत्परिवर्तानशील बाली परियोजनाका बरिष्ठ प्राविधिक सुन्दर रावतले भने, ुहामीले किसानले उत्पादन गर्दै आएको रैथाने बालीको दिगोपनका लागि किसानमुखी कार्यक्रम संञ्चालन गरेका हौं ।

सम्बन्धित