तपाईँ सुन्दै हुनुहुन्छः

हेफरले ८१ हजार खसि बजारमा ल्याउदै 

बिराटनगर– दशैँलाई मध्यनजर गर्दै हेफर इन्टरनेशनल नेपालले ८१ हजार खसिबोका बजारमा ल्याउने तयारी गरेको छ । हेफरसंग आवद्ध किसानहरुले दशैँलाई लंक्षित गरेर खसिबोका बजारमा ल्याउन लागेका हुन  ।

गाँउको खपत बाहेक बजारमा मात्र दशँैमा ८१ हजार खसी बिक्रिगर्ने योजना रहेको संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले बताउनुुभयो ।

नेपालका ३० जिल्लामा उक्तसंस्था सञ्चालित छ । संस्थाले २ सय २७ बटा सहकारी मार्फत बाख्रापालन व्यवसाय संचालनका लागि किसानहरुलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आएको छ । सहकारी मार्फत नेपालभरी २ लाख परिवार बाखा्रपालन व्यवसायमा आवद्ध छन । त्यसमध्ये ६० बटा सहकारी मार्फत उक्त संख्यामा खसीबोका बजारमा आउन लागेको हो ।

दशँैकालागि काठमाडौँमा ५० हजार खसि बोकाको माग हुुदै आएको छ । त्यस मध्ये यस अघि २० हजार खसिबोका भारतबाट आउने गर्दथ्यो । भारतबाट खसीबोका नल्याए पनि माग अनुुसार सहकारी माार्फत २० हजारभन्दा बढि खसिबोका पठाउन आफुुुहरु तयार रहेको कार्यक्रम निर्देशक रेग्मीले बताउनुुभयो ।

त्यसका लागि व्यापारीहरुले गाँउगाँउमा गएर खसीबोका ल्याउनुुपर्ने उहाँले बताउनुुभयो । पुुर्बको मोरङ , झापा सुुनसरी जिल्लमा कार्यक्रम संचालन हुुदै आएको छ । मोरङ जिल्लाबाट सहकारी मार्फत १६ सयभन्दा बढि खसि बजारमा ल्याउने तयारी गरेको हेफर इन्टर नेशनल इटहरीको कार्यक्रम प्रबनधक दिपेश पोखरेलले बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button