तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानम जिप पल्टीदा एक जनाको मृत्यु

तुलसीपुर-सल्यानमा तरकारी बोकेको जिप पल्टीदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । किमुचौरबाट तरकारी लिएर कपुरकोट बजार आँदै गरेको लु१च ४१५३ नम्बरको पिकअप जीप पौने एकबजे राति कपुरकोट गाउँपालिका ४ किमुचौरमा दुर्घटना हुदा त्यसमा सवार सोही ठाउँकी ६७ बर्षकी कर्नी पुनको मृत्यु भएको छ ।

त्यसैगरी घाइते हुनेमा सोही ठाउँकै महिनी पुन, ५३ बर्षका लोकबहादुर घर्ती, ५३ बर्षकै टिकाराम घर्ती, २४ बर्षकी कृष्ण घर्ती, ४३ बर्षका तिलक पुन र ३७ बर्षका देबबहादुर पुन घाइते भएको जिल्ला प्र्र्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको छ । जीप सडक देखि करिब २५ मिटर तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button