तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाका विभिन्न स्थानमा प्रशासनको छड्के अनुगमन

धनकुटा– स्थानिय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकाहरु माथी कडाइ सुरु गरेको छ ।

धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारहरुमा छड्के अनुगमनलाई तिब्र पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, कर कार्यालय ,घरेलु कार्यालय ,उद्योग वाणिज्य संघ , बजार व्यवस्थापन समिति , उपभोक्ताका प्रतिनिधिहरुको संयूक्त अनुगमन टोलीले चाडवार्डको मौकामा उपभोक्ताहरु ठगिन सक्ने भन्दै दैनिक जसो बजार अनुगमन गरिरहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

टोलीले सागुरीगढी गाउँपालिकाको भेडेटार बजार, धनकुटा नगरपालिकाको हिले बजार र धनकुटा बजारमा खाद्यान्न तथा मदिरा एकै ठाउँमा राखेर बिक्रि गर्दै आएका केही पसल , औषध िबिक्रीका लागि अनुमति नपाएका ब्यक्तिद्वारा सञ्चालित मेडिकल फार्मेसी ,म्याद सकिएका फेन्सी सामान , सुनचाँदी व्यवसाय, कपडा पसलमा अनुगम गरेको जनाएको छ ।

अनुगमनका क्रममा व्यवसाय संचालनका लागि इजाजत नलिएका तथा करको दायराभन्दा बाहिर रहेका व्यापारीहरुलाई भने प्रशासनले सचेत गराएर छाडिएको प्रशासकिय अधिकृत सुधिर साफिले बताउनुभयो ।

अनुगमनका क्रममा ग्रामिण क्षेत्रका अधिकाशं बजारमा म्याद गुज्रन लागेका खाद्य तथा पेय पदार्थ पठाउने गरिएको पाइएको छ । भेडेटार बजार , हिले बजार र धनकुटा बजारका करिब ७ दर्जन किराना पसल तथा होटलबाट उपभोग अवधी सकिएका बिस्कुट, चाउचाउ, पेय पदार्थ, फेन्सी पसलहरुबाट उपभोग्य अवधि सकिएका पाउडर र विभिन्न किसिमका क्रिमहरु जफत गरिएको छ ।

प्रशासनको मौसमी अनुगमन नियमित हुन नसक्दा आफूहरु ठगिने क्रम नरोकिएको उपभोक्ताहरुको गुनासो छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button