तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताउनुभएकाे छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताउनुभएकाे हाे।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उहाँले भन्नुभयाे, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’ करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो। नयाँ युग तिर जान लागेकाे नेपालका लागि हाेस्टेमा हैंसे गर्न उहाँले सबैमा अपील पनि गर्नुभयाे ।

अध्यक्षले शैली र संस्कार बदल्न सबैले मेहनत गर्नै पर्ने बताउनुहुँदै नेपालमा जनता, कार्यकर्ता र नेताले अान्दाेलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानाे संरचना जस्तै भुत्ते बनाउने गरेकाे बताउनुभयाे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को उद्घाटन गर्नुहुदै  ।

अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू पनि भएको उल्लेख गर्दै यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताउनुभयाे ।निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता हुनुपर्छ : प्रचण्ड

अध्यक्षले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने निश्चित रहेको उहाँको भनाई थियो । उहाँले अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको र केही पूर्वाधार तयार भइसकेको पनि बताउनुभयाे ।

प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकालेको लगानी सम्मेलनको उद्घाटन सम्पन्न भएको छ ।  लगानी सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिभिन्न प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, बिभिन्न दलका नेता, सघींय सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्त कर्मचारी, गैरआवासीय नेपाली, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी हुनुहुन्छ  ।कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलन उद्घाटन भएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाड  लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै  ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल लगानी सम्मेलन २०७६ को उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै ।

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजित तिलोत्तमा लगानी सम्मेलन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुषाल ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button