तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा गाई काट्दै गरेका तीन जना पक्राउ

नेपालगञ्ज– बाँकेमा गाई काट्दै गरेका तीन जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ७ मा गाई काट्दै गरेका स्थानिय सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

गएराति ११ बजे गाई काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले तीन जनाको घरबाट ५० किलो गाईको मासुसमेत बरामद गरिएको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थपलियाले पक्राउ परेका तीनै जना विरुद्ध गौ हत्या मुद्दा दायर गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button