तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ।काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button