तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको बैत्यश्वर गाउँपालिकामा आगलागी

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकामा आगलागी हुँदा १८ लाख भन्दा बढिको क्षति भएको छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर ४ का दिपक दाहालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट दाहालको भुकम्प प्रतिरोधात्मक एक तले घर पुर्ण रुपमा क्षति हुनुका साथै घर भित्रको अन्नपात, भाँडाबर्तन, ४ तोला सुन लगाएतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती साँढे ११ बजेको समयमा भएको आगलागीमा ५ वटा कुखुरा पनि जलेका छन् ।

प्रहरीका अनुसार आगो प्रहरी र स्थानीयवासी सहयोगमा साँढे १ बजेको समयमा नियन्त्रणमा लिईएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले आगलागीबाट १८ लाख ४० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button