तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल दुरसञ्चार कम्पनी र रेडियो नेपालबीच सम्झौता

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी र रेडियो नेपालबीच रेडियो नेपाल मार्पmत टेलिकमका कार्यक्रम सञ्चालन तथा विज्ञापन प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

नेपाल टेलीकमको विकास विस्तार सम्वन्धी सुचना, सन्देश प्रसारण गर्ने सहमति पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की र नेपाल दुरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आज हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले राज्यका सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिकम मिलेर राज्यको हितमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, जनस्वास्थ सम्बन्धी विषयमा सूचना सन्देश प्रसारण गर्ने तथा कार्यक्रम निर्माण गर्ने विषयमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र रेडियो नेपाल विच पनि सम्झौता भएको छ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की र स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निमित्त निर्देशक कुञ्ज प्रसाद जोशीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button