तपाईँ सुन्दै हुनुहुन्छः

इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा

पाँचथर । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

अधिकतम ९ दशमलव ९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको इवाखोला जलविद्युत् आयोजना यसै साता काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महीना लामो परीक्षण उत्पादनपछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button