तपाईँ सुन्दै हुनुहुन्छः

कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीव्र

निशेष राई, झापा । चाडपर्वको नजिकमा हुने कालोबजारी नियन्त्रण गर्न झापाको कमल गाउँपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

बजारमा उपभोग्य वस्तुको मिति समाप्त भएका वस्तुको विक्रि वितरण बढ्नुका साथै बजारमा कृतिम अभाव देखाएर व्यवसायीले मुल्यवृद्धि गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दे गाउँपालिकाले अनुगमनमा कडाई गरेको हो ।

दैनिक बजार अनुगमन गर्दै आएको गाउँपालिकाको टोलीले सोमबार गाउँपालिकाको पाँडाजुगी र केर्खा बजारको अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button