तपाईँ सुन्दै हुनुहुन्छः

चालु आर्थिक वर्षको दुई महिनामै १० करोड राजश्व अशुली

फाइल तस्बिर

सिन्धुपाल्चोक –चालु आर्थिक वर्षको २ महिनामै तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिन्धुपाल्चोकले १० करोड राजश्व संकलन गरेको छ ।

बन्द नाका खुलेसँगै चीनको स्वसाशित क्षेत्र तिव्वतको खासा हुँदै नेपाल भित्रिने चाइनिज सामानको परिमाण बढ्न थालेपछि कार्यालयले सावन र भदौ महिनामा मात्र १० करोड राजश्व अशुली गरेको भन्सार अधिकृत केशवराज ओलीले जनकारी दिनुभयो ।

२०७२ साल बैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछि आएको भोटेकोशी बाढीले नेपाल क्षेत्रको सडक छेदविच्छेद भएपछि करिब ४ वर्ष नाकाबाट हुने आयात–निर्यात ठप्प भएको थियो । गत जेष्ठ १५ गते विधिवतरुपमा सुचारु भएको यो नाकाबाट अहिले साताको आठ दस मालबाहक गाडी नेपाल भित्रिने गरेको कार्यालय जनाएको छ । नेपाल भित्रिने सामानहरुमा स्याउ, नास्पति, इलेक्ट्रोनिक सामान र तयारी पोषाक अधिकार रहेको अधिकृत ओलीले जाकारी गराउनुभयो ।

०७२ साल बैशाख १२ गतेको भूकम्पभन्दा अघि बार्षिक ५ अर्ब राजश्वस भन्सार कार्यालयले संकलन गर्दै आएको थियो । खासा क्षेत्र प्रवेशका लागि भने हाललाई सिन्धुपाल्चोकबासी चालक, सहचालक र भरियालाई मात्र खासा जान प्रवेश पत्रको व्यवस्था गरेको अध्यागमन प्रमुख रामचन्द्र काफलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button