तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले टुंगो लगायो छ महानगरमा अध्यक्ष र सचिव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का् सचिवालय बैठकले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको मनोनयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले ६ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको मनोनयन गरेको बैठकपछि पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रबक्ता श्रेष्ठले बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई, ललितपुर महानगरमा अध्यक्षमा मन्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्य ,पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछानलाई मनोनयन गरेको बताउनुभयो ।

यसैगरी, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई, वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मालाई र विराटनगर महानगरमा अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्कीलाई मनोनित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीको बांकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने पनि े प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button