तपाईँ सुन्दै हुनुहुन्छः

योग शिक्षा प्रवद्धनको लागि भीमेश्वर नगरपालिकाको अभियान

दोलखा – मानसिक तनाव,  हाईजनिक खानपिन लगायतका कारणले मानिसहरुमा बिभिन्न खाले समस्या देखिन थालेपछि योग शिक्षाको प्रवद्धन गर्न भीमेश्वर नगरपालिकाले विशेष अभियान सुरु गरेको छ ।

अभियानको पहिलो चरणमा भीमेश्वर नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहकार्यमा आयुर्वेदमा आधारित स्वस्थ जीवन शैली तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा सकारात्मक सोचको विकास, प्रेसर, सुगर, थाईराईट जस्ता नसर्ने रोगको व्यवस्थापन र योग शिक्षाको बारेमा जानकारी गराईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका निमित्त प्रमुख विमलकुमार श्रेष्ठले बताउनुभयो ।

मानिसहरुमा सामाजिक, आर्थिक तथा व्यवसायीक बोझ बढ्दै गएपछि मानसिक समस्याहरु देखिने तथा हाईजनिक खानपिनका कारण बिभिन्न रोगहरु देखिने क्रम बढ्दै गएकोले यस्ता समस्या प्रति सचेत हुदै समयमै यसको नियन्त्रणको प्रयासमा सबैको सक्रियता बढाउन भीमेश्वर नगरपालिकाले आयुर्वेदमा आधारित स्वस्थ जीवन शैली तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम सुरु गरेको र यो कार्यक्रमलाई निरन्तरता दिईने नगरप्रमुख भरतबहादुर केसीले बताउनुभयो ।

अभियानको पहिलो चरण अन्र्तगत सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा रेडियो नेपालका अच्युत अर्यालले सकारात्मक सोच र योग शिक्षा, डाक्टर मधुर वस्नेतले मनोविज्ञान र आत्महत्याका कारणहरु तथा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सकारात्मक सोचको विकासको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगरकार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीहरु गरी ६१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button