तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा बारा र पर्सामा भव्य कार्यक्रम (फोटोफिचर)

बीरगंज – संबिधान दिवसको अवसरमा आज प्रदेश नम्बर २ को बारा पर्सामा बिभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाईएको छ ।

संबिधान दिवसको अवसरमा जिल्ला मुल समारोह समिती पर्साले आज बीरगंजमा प्रभातफेरी तथा सभाको आयोजना गरेको छ ।

बीरगंजको बि.पी. उद्यानबाट शुरु भएको प्रभातफेरी घण्टाघर चोक, माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी परिसर हुदै पुनः बि.पी. उद्यानमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै बक्ताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि संबिधानको कार्यान्वयनमा सबै पक्ष जुट्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाली कांग्रेसका नेता एवम पुर्वमन्त्री सुरेन्द्र चौधरीले अहिलेको संविधान नेपाली जनताको भावना अनुसार उत्कृष्ट संविधान भएकोले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेकपाका केन्द्रिय सदस्य एवं पुर्ब साँसद रामचन्द्र साहले संविधानले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको हुदा यसलाई उत्सबको रुपमा मनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

संबिधान दिवस मुल समारोह समिति पर्साका उपाध्यक्ष ठाकुर प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न सभामा वीरगन्ज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की, उच्च अदालत वीरगन्जका न्यायाधिस डिल्लीराज आचार्य, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस लगायतका राजनैतिक दलका केन्द्रिय सदस्यहरु, सांसद, पुर्ब साँसद, पुर्बमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु बिभिन्न बिद्यालय, कलेजका शिक्षक बिद्यार्थीहरु,उद्योगी व्यबसायी, समाजसेवी बुद्धिजिविहरुको सहभागिता रहेको थियो ।

यसैगरी संविधान दिवस मुल समारोह समिति बाराले कलैयामा प्रभातफेरी तथा सभा सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराबाट निस्केको प्रभात फेरी कलैया उपमहानगरको विभिन्न भागको परिक्रमा पश्चात पुनः प्रशासन कार्यालयमा पुगी सभामा परिणत भएको थियो ।

प्रभात फेरीमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, सामुदायिक तथा निजि विद्यालयका शिक्षक विद्यार्थीहरु, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

यसैगरी संबिधान दिवसको अवसरमा आज बीरगंज कारागारमा रहेका ११ जना पुरुष र १ जना महिला कैदिबन्दिलाई कारागार मुक्त गरिएको छ । गृहमन्त्रालयको सिफारीशमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा संबिधान दिवसको अवसर पारेर आधाकैद भुक्तान गरेका तथा आचरण सुध्रिएका कैदिवन्दीहरुलाई कारागार मुक्त गरिएको बीरगंज कारागारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button