तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार निर्मुल पार्न सरकार गम्भीर छ :मन्त्री थापा

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भ्रष्टाचारीहरुलाई सबैभन्दा बढी कारबाही गर्ने यो नै पहिलो सरकार भएको बताउनुभएको छ ।

उहाँले इतिहासमा सबैभन्दा बढी भ्रष्टाचारीहरुलाई कारबाही भएको यो पटक भएको बताउदै सरकार भ्रष्टाचार रहित राज्य निर्माणमा लागि परेको बताउनुभयो ।

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रधानमन्त्रीले सपथग्रहण गर्दा नै भ्रष्टाचार न्युनीकरण गर्न र सुशासन कायम गर्न कुनै पनि खालको सम्झौता नहुने गरी काम गर्न निर्देशन दिनुभएको स्मरण गर्नुभयो । उहाँले त्यसैको फलस्वरुप सरकार देशमा भएका विकृती र विसङ्गतीका बिषयबस्तुलाई निर्मुल पार्नका लागि गम्भीर भएर लागेको बताउनुभयो ।

थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button