२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुलीमा बस दुर्घटना, २३ जना घाइते 

रेडियो नेपाल २०७६ असोज १ गते १६:००

सिन्धुली –  सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको उहाँले जानकारी दिनुभयो ।
रासस

सम्बन्धित