तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा संबादमा सार्वजनिक र निजी क्षेत्रको सहभागिता : मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सार्वजनिक र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर संवाद गर्दा वातावरण, जलवायू परिवर्तन, आप्रवासन जस्ता नविन चुनौतीको सामना गर्न सहज हुने बताउनु भएको छ ।

राजधानीमा बुधबार सगरमाथा संवाद सचिवालयले आयोजना गरेको सगरमाथा संवाद राष्ट्रिय परामर्श गोष्ठीमा मन्त्री ज्ञवालीले विगत केही बर्षदेखि विश्व थुप्रै नयाँ चुनौतीहरुसँग लडिरहेको र ती चुनौती संवादमार्फत् मात्रै समाधान हुने बताउनुभयो ।

सोही कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सगरमाथा संवादमार्फत् नेपाल र नेपालीका चासोका बिषयलाई विश्व सामु पुर्याउन महत्वपूर्ण हुने बताउनुभयो ।

जलवायू परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य शीर्षकमा आगामी चैत्र २१ र २२ गते सगरमाथा संवादको आयोजना हुँदैछ ।

गोष्ठीबाट यस बर्षको सगरमाथा संवाद आन्तर्गत संवाद गर्न उपयुक्त विषय पहिचान हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button