तपाईँ सुन्दै हुनुहुन्छः

चितवन प्रहरीद्धारा गाँजा नष्ट


चितवन । चितवनको राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा रोपिएको गाँजा प्रहरीले नष्ट गरेको छ । गत शुक्रबार पहाड उक्लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राप्ती १२ र १३ मा रोपिएको गाँजा नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेको नेतृत्वमा १८ जना र सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पाण्डेको नेतृत्वमा २१ जना प्रहरीको संयुक्त टोलीले करिब ७ विघा जमिनमा रोपिएको गाँजा नष्ट गरेको चितवन प्रहरीका प्रबक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले सो क्षेत्रमा रहेका गाँजाका व्याड पनि नष्ट गरेको छ । प्रहरी टोलीले लागूऔषध कारोबार र अन्य अपराधिक गतिविधिमासमेत निगरानी गर्दै संभावित क्षेत्रको पहिचानसमेत गरेर फर्किएको दाबी गरेको छ । जिल्लाका दुर्गम क्षेत्रमा स्थानीयले अवैध रुपमा हरेक वर्ष जाँजा खेती गर्ने गरेका छन् ।

अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्न प्रहरीले सचेतनासँगै गाँँजा नष्ट गर्ने अभियान चलाएपनि प्रभावकारी हुन सकिरहेको छैन । हरेक वर्ष गाँजा रोप्ने कार्य बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button