तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन

काठमाडौँ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सासद् पुष्पा भुसाललाई बोल्न समय दिनुभयो ।

सांसद भुसालले बाँके घटनामा संलग्न विरुद्ध परेको किटानी जाहेरी अनुरुप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देश गर्न माग गर्नुभयो ।

प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button