तपाईँ सुन्दै हुनुहुन्छः

तिनवटै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

डडेल्धुरा सुदूरपश्चिम प्रदेश सभाका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले तिनवटै सरकारका बिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको सुदुरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री भट्टले तिन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व अबलम्बन हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानिय सरकारले प्रदेश सरकार प्रति गुनासो राख्ने र प्रदेश सरकारले संघिय सरकार प्रतिको गुनासो राख्दै जानुले मुलुकको समृिद्ध कसरी सम्भब छ  मुख्यमन्त्री भट्टले ‘भन्नुभयो’—” गुनासो गर्ने हाईन समन्वय र सहकार्यमा जोड दिनुपर्छ ।”

जनताको लामो त्याग तपश्याबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्नुहुदै उहाँले सरकारका कृयाकलाप र गतिविधिका कारण बढ्दो असन्तुष्टि रहेको बताउनुभयो । तिनै तहका सरकारबाट जनता आशावादी भन्दा पनि बढी निरासाबादी भएका छन उहाँले भन्नुभयो— ”हामीले आशा जगाउन सकेनौ भने कसले आशा जगाईदिने हो” यो बिषयमा समिक्षा गर्नु जरुरी रहेको औल्याउनुभयो । व्यवस्था फेरियो अबस्था उस्तै भने जस्तो देखिन्छ मुख्यमन्त्री भट्टले भन्नुभयो—”हामी बढीजसो अधिकारकै सवालमा लुछाचुढी गरिरहेका छौं ।”

सिहदरबारको अधिकार गाँउ- गाँउसम्म भन्यौं तर साच्चै कार्यान्वयन भईरहेको छ त ? बिकास निर्माण र बजेटको सदुपयोग र सुशासन,पारदर्शिता अबलम्बन गराउन सक्यौ की सकेनौं आफुतिर केन्द्रित भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

नगरपालिका संघका सुदुरपश्चिम प्रदेश अध्यक्ष केशब बहादुर चन्दको सभापत्विमा दुई दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटनशत्रमा नगरपालिका महासंघका केन्द्रियय अध्यक्ष अशोक ब्यान्जु, जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्ट, प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेल, गाउपालिका महासंघका केन्द्रीय सदश्य उमेश भट्ट (बिकास) पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

अधिवेशनले नया नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरिने आयोजकले जनाएको छ ।

अधिवेशनमा सुदुरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button