तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएकी बालिकालाई अध्ययनको लागि आर्थिक सहयोग

तनहुँ – जन्मजातै अपाङ्गता भएकी बालिकालाई अध्ययनको लागि इनरह्विल क्लब अफ दमौलीले आर्थिक सहयोग गरेको छ ।

क्लबले राष्ट्रिय बाल दिवसको अवसरमा व्यास ५ नेपालटारकी प्रतिमा श्रेष्ठलाई सहयोग गरेको क्लबकी पुर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

इनरह्विल क्लबले श्रेष्ठलाई १४ हजार ५४५ रुपैयाँसंगै शैक्षिक सामाग्री र ड्रेस सहयोग गरेको हो ।

जनजुक्त माविको कक्षा ८ मा अध्ययनरत श्रेष्ठलाई क्लबले कक्षा ९ र १० मा लाग्ने सम्पुर्ण खर्चसमेत व्यहोर्ने क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबकी अध्यक्ष सरु श्रेष्ठ, सचिव आशा बानियाँ, उपाध्यक्ष सर्मिला श्रेष्ठ, पुर्वअध्यक्ष निर्मला मल्ल, इडिटर सिर्जना घिमिरे र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस अघि पनि शैक्षिक क्षेत्रमा क्लबले सहयोग गरिरहेको छ । बालिका प्रतिमा श्रेष्ठलाई सहयोग गर्न पाउदा खुशी लागेको क्लबले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button