तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट लागु औषध (खैरो हरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढ्थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३ ग्राम ३५० मिलिग्राम खैरो हरोइन (पाँच पोका)सहित भीमदत्त नगरपालिका वडा नं. १८ भगतपुरका दिनेश कठायतलाई सब्जीमण्डी क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

त्यस्तै, एक पोका खैरो हरोइनसहित शुक्लाफाँटा नगरपालिका वडा नं. ५ का प्रविण सिंहलाईसमेत नियन्त्रण लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button