तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि र पाटनको एमबिबिएस प्रवेश परीक्षा लिन बाटो खुला

काठमाडौ । सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि आफैंले दिएको अन्तरिम आदेश बदर गरेको छ। न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको हो।

आइतबारको आदेशसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि प्रवेश परीक्षा लिन बाटो खुलेको छ।

विद्यार्थी आयुष ओझासमेतले चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button