तपाईँ सुन्दै हुनुहुन्छः

गाँजा र चरेश सहित पाँचजना पक्राउ

मकवानपु । मकवानपुरका दुई स्थानबाट प्रहरीले लागूऔषध गाँजा र चरेश सहित पाँच जनालाई पक्राउ गरेको छ । मकवापनुर प्रहरीले हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागूऔषध चरेश, गाँजा सहित पाँच जनालाई पक्राउ गरेको हो ।

हेटौंडा १५ रातोमाटेबाट बिआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा लुकाएर लैजान लागिएको अवस्थामा तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । कारको अगाडीभागमा रहेको एसी चल्ने स्थानमा चरेश राखेर निकासी गर्न लागिएको थियो ।

भारत तर्फ निकासी गर्न लागेको ४ केजी ९ सय ग्राम चरेश सहित भारत बिहार मजुपफरपुर जिरोमाईरोड बस्ने २८ बर्षिय शिवराज सिंह, सोही स्थानका २४ बर्षिय ज्ञानीकुमार पास्वान, भारत बिहार शिवहर तरीहानी छपरा बस्ने २४ वर्षिय राजु महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।

यसैगरी मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागूऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २६ बर्षिय राजकुमार थिङ, सोही ठाउँका २१ ब्र्षिय दिपेश थिङलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button