२०७८ साल साउन २१ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

दृष्टिविहिनलाई सहयोग जुटाउन संगीत जात्रा

खगेन्द्र भण्डारी २०७६ भदौ २८ गते १८:५५

काभ्रेपालाञ्चोक – अरु बेला सुनसानजस्तै देखिने काभ्रे  सदरमुकाम धुलिखेलमा शनिवार भने बेग्लै चहलपहल देखियो । संगीतकर्ममा लागेका दृष्टिविहीनहरुलाई सहयोग जुटाउन आयोजित म्युजिकल जात्रामा झुम्न टाढा टाढाबाट समेत मानिहरु धुलिखेल आइपुगेका थिए ।

सानैदेखि गीत गुनगुनाउने काभ्रे  पाँचखालका दृष्टिविहिन युवा प्रवेग तामाङले शनिवार भने सयौं दर्शकसामू खडा भएर सांगीतिक प्रस्तुति दिने मौका पाए ।

प्रवेगजस्तै पाँचखालका सरोज विके र सल्यानका शिवराज विकेले पनि मञ्चमा उक्लेर गीत गाउन थालेपछि दर्शकदीर्घा सांगीतिक माहौलमा नझुमी रहन सकेन ।

संगीतप्रति अभिरुचि राख्ने यिनै दृष्टिविहिनलाई सहयोग जुटाउन धुलिखेलका फुटबलर युवाको सक्रियतामा खुलेको रमाइलो छत्रछायामुनि क्लवले यो जात्रा आयोजना गरेको हो ।

म्युजिकल जात्रामा जर्मनीस्थित नर्थ व्याण्डका साथै काठमाडौं र धुलिखेलका व्याण्डहरुले पनि प्रस्तुति दिएका थिए ।

जात्रामा सहभागीहरुबाट संकलन भएको रकमबाट यी दृष्टिविहिन युवालाई संगीतमा थप पारङ्गत बनाउने योजना रहेको आयोजकले बताएका छन् ।

सम्बन्धित