तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै रोजगार सिर्जना

सिन्धुपाल्चोक ।  प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै रोजगार सिर्जना भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५० जनाले प्रत्यक्ष रोजगार पाएको इन्द्रवती गाउँपालिकाको कार्यालयले जनाएको छ ।

२५ २५ जनाको समूह बनाई सुरु भएको कार्यक्रमले हाल पालिका अन्तर्गतको नवलपुरदेखि ज्यामिरेमाने सम्मको सडक ग्राभेल हुँदैछ । इन्द्रावती गाउँपालिकाका लागि विनियोजित ३४ लाख रुपैयाँले स्थानीयले रोजगार पाउनका साथै विकासको काम गर्न पनि सहज भएको गाउँपालिकाका प्रमुख बंशलाल तामाङले बताउँनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button