तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली टेबलटेनिसमा ६ खेलाडी सहभागी हुने

काठमाडौं । इन्डोनेसियाको योगार्तामा हुने एसियाली टेबलटेनिस च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले सहभागिता जनाउने भएका छन । जसमा २ जना अफिसियल रहेका छन् ।

सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल र संयोग कपालीले प्रतिस्पर्धा गर्ने छन् भने महिलामा नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालले भाग लिने छन् ।

प्रशिक्षकमा मोहनदास बासुकला तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य छन् । नेपाली टिम भोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button