तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश र स्थानीय सरकारको लगानीमा खानेपानी

दमौली। दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।

कूल रु ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले रु ५० लाख र भीमाद नगरपालिकाले रु ४० लाख साझेदारी गरेका छन् । खानेपानी आयोजनाबाट यहाँका ४८ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार मान्द्रेढुङ्गा मूलको पानी १७४ मिटर लिफ्टिङ गरी उपभोक्ताको घर–घरमा जडान गरिएको छ ।“सोलार भन्दा कम खर्चिलो हुने भएकोले बिजुलीबाट लिफ्ट गरेर खानेपानी उपभोक्ताको घर–घरमा पु¥याइएको छ,” उहाँले भन्नुभयो,“७५ घरधुरीमध्ये २७ घरधुरीमा गत वर्ष नै धारा जडान गरिसकिएको थियो ।”

खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयवासी घरमै पानी आएपछि खुशी भएको स्थानीयवासी सानीमाया थापाले बताउनुभयो । “खानेपानीको जोहो गर्न घण्टौं समय कुवामा लाइन बस्नुपथ्र्यो” उहाँले भन्नुभयो, “अहिले घरमै धारा खोलेपछि पानी आउने भएपछि सजिलो भएको छ ।”
भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खानेपानीको समस्या रहेका यहाँका स्थानीयवासीलाई स्वच्छ पानी खुवाउन प्रदेश सरकारसँग साझेदारी गरिएको बताउनुभयो । “स्थानीय सरकारको एक्लैको लगानीले मात्र खानेपानी व्यवस्था गर्न कठिन हुन्थ्यो,” थापाले भन्नुभयो,“प्रदेश सरकारले रु ५० लाख लगानी गरेपछि नगरपालिकाले पनि रु ४० लाख लगानी ग¥यो ।” थापाले नगरपालिकाभित्रका अन्य ठाउँमा पनि खानेपानीको समस्या रहेकाले विस्तारै उक्त ठाउँमा खानेपानीको सुविधा पु¥याइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button