तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाबाट हिमाल बचाऔँ अभियान शुरु

जुम्ला  –  हिमाल बचाऔँ अभियान जुम्लाको पातारासीबाट शुरु भएको छ । सामुदायिक वन उपभोत्ता महासंघ (फेकोफन) को तेसो केन्द्रीय बैठकले हिमाल बचाऔँ अभियानलाई प्रथामिकता दिदै २१ बुदे जुम्ला पातारासी घोषणा पत्र जारी गरेको छ ।

भदौ २० र २१ गते जुम्लामा चलेको केन्द्रीय बैठकले सामुदायिक वनको माध्यमबाट पर्यापर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने लक्ष्यका लक्ष्य रहेको सामुदायिक वन उपभोत्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले बताउनुभयो ।

बैठकका घोषाणापत्र पातारासीमै पत्रकार सम्मेलन मार्फत जानकारी दिदै अध्यक्ष पाठकले जलवायु परिवर्तन प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रमा परेकोले हिमाल बचाऔँ अभियानलाई प्रथामिकता दिदै, जुम्ला पुगेको बताउनुभयो । उहाँका अनुसार हिमाल बचाऔँ अभियान पछि सामुदायिक वन उपभोक्ताको सुरक्षाका लागि बिमा सुरक्षाको योजनालाई पनि घोषणा पत्रमा प्रथामिकता दिइएको छ ।

त्यस्तैगरि  विश्वको सर्वोच्च उचाईमा धान फल्ने पातारासी हिमालको काख छुमचौरलाई गरि पर्यटन २०२० लाई सघाउन पनि जुम्लामै केन्द्रीय बैठक बसेको सामुदायिक वन उपभोत्ता समितिका महासचिव विर्ख बहादुर शाहिले बताउनुभयो । उहाले भन्नु भयो, नेपालको कुल भुभागको १५ प्रतिशत क्षेत्र हिमालले ओगटेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रको, कृषि, पर्यटनफ उत्पादन, जीवनशैलीमा परेको छ ।
नेपालमा झण्डै २२ हजार सामुदायिक वनकाट करिब १ करोड उपभोत्ता लाभान्वित रहेका छन् । सामुदायिक वनका अबसरका, चुनौती, सरकारले गरेको हस्तक्षेप र आगामी कार्यदिशाका बारेमा दुईदिनको बैठकमा बृहत्त छलफल भएको छ । (फेकोफन) का जुम्ला अध्यक्ष गोर्कण प्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार जुम्लामा रहेका करिब २ सय सामुदायिक वनका सदस्य र नेपालका ७७ वटै जिल्लाको प्रतिनिधित्व गरि, हिमाल बचाऔँ अभियानलाई जुम्लाबाटै शुरुवात गरिएको छ ।

यस अभियानले कर्णालीका पातारासी, मानसरोबर, चंखेली लगायत सबैको प्रचारका लागि महत्वपुर्ण भुमिका खेल्ने छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button